मंगलबार, कार्तिक १८ गते २०८३
images
images

राष्ट्रियसभाको बैठक भोलीसम्मका लागि स्थगित

एक्सप्रेस पाना
आषाढ २५, २०८० सोमबार
  • 203
    SHARES
  • राष्ट्रियसभाको बैठक भोलीसम्मका लागि स्थगित

    काठमाडौं । राष्ट्रियसभाको बैठक सरेको छ  ।

    images

    संघीय संसद भवन, नयाँ वानेश्वरमा बस्न लागेको उक्त बैठक भोलि मंगलवार बिहान ११: ०० बजेसम्मका लागि सरेको हो ।

    संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार शुक्रवारको बैठकमा बिनियोजन बिद्येयक २०८० माथी मन्त्रालयगत रुपमा छलफल हुने तय गरिएको थियो ।

    images

    जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्राेत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,  शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालयमाथिको बजेटमा छलफल हुदैँ थियो ।

    साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाईएको बजेटमा पनि छलफल हुने भन्दै सम्भाबित कार्यसुची पनि सार्बजनिक गरिएको थियो ।