सोमबार, कार्तिक १७ गते २०८३
images
images

भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 444
    SHARES
  • भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुल्यो

    भदौ ३१ सुर्खेत । भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ । तिलागुफा नगरपालिका–६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ । 

    images

    बिहीबार दिउँसो उनले वीरेन्द्रनगर–११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा हाम फालेकी थिइन् । नदी हाम फालेकी अमिला अहिले बेपत्ता छिन् । 

    घटनास्थलमा छोडिएको ग्लोबल आइएमई बैंकको चेक समेत प्रहरीले फेला पारेको छ । नदीमा बेपत्ता भएकी अमिलाको खोजीमा प्रहरी जुटेको छ ।  

    images

    अमिलाले नदीमा हामफाल्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।