सोमबार, कार्तिक १७ गते २०८३
images
images

१२ अंकले घटेको नेप्सेमा ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार

एक्सप्रेस पाना
आषाढ २८, २०८० बिहीबार
  • 253
    SHARES
  • १२ अंकले घटेको नेप्सेमा ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको कारोबार

    काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२.६२ अंकको गिरावट आएको  ।

    images

    यससँगै नेप्से परिसूचक २०८४.९३ अंकमा आएर रोकिएको छ । यो ०.६० प्रतिशतको गिरावट हो ।

    यसक्रममा आज ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ । यस्तै, ५४ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

    images

    परिसूचक घटेपनि आज ३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज सबैभन्दा धेरै मूल्य गिरावट आउने कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनी रहेको छ । यस्तै, सबैभन्दा धेरै सेयर कारोबार शिवम् सिमेन्टको भएको छ । यो कम्पनीको २३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

    यस्तै, आज कारोबारमा आएका तीन समूहको सूचक भने बढेको छ । आज बैंक, होटल र टुरिजम र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो । यसबाहेक अन्य १० समूहको सूचक भने घटेको छ ।