सोमबार, कार्तिक १७ गते २०८३
images
images

सशस्त्र प्रहरीद्वारा पेस्तोलसहित एक जना पक्राउ

एक्सप्रेस पाना
भाद्र ३१, २०७८ बिहीबार
  • 502
    SHARES
  • सशस्त्र प्रहरीद्वारा पेस्तोलसहित एक जना पक्राउ

    भदौ ३१ काठमाडौं । काठमाडौं महानगरपालिका १५ सितापाईलास्थित एक  रेष्टुरेन्टबाट भाद्र ३० गते सशस्त्र प्रहरीले ९ एमएमको पेस्तोल १ नाल तथा सोको ५ वटा गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।

    images

    फक्राउ पर्नेमा काठमाडौं जिल्लाको तार्केश्वर नगरपालिका ३ जितपुर बस्ने २४ वर्षिय सोनाम तामाङ्ग छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा खटिएको सशस्त्र प्रहरीले विशेष सूचनाको आधारमा निजलाई उक्त पेस्तोल तथा गोली र निजले प्रयोग गरेको मोटरसाईकलसहित पक्राउ गरेको हो । पक्राउ परेका तामाङ्गलाई बरामद पेस्तोल, गोली तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

    लागुऔषधसहित एक जना पक्राउ 
    पर्सा जिल्लाको विरगंज महानगरपालिका २५ स्थित खलबु टोलबाट भाद्र ३० गते सशस्त्र प्रहरीले २ सय २५ वटा नाईट्राभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका २२ पदमपोखरी बस्ने २४ बर्षिय सरोज लामा छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट ड्राईपोटबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला परेको हो । पक्राउ परेका निज लामालाई बरामद लागुऔषधसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

    नहरमा नुहाउने क्रममा डुवेका एक जनाको शव फेला
    कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका १० स्थित दैजी बेलडाँडी नहरमा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीले भाद्र ३१ गते फेला पारेको छ ।

    सोही ठाउँको सिद्धपुर बस्ने ३५ बर्षिय लक्ष्मण पन्त यहि भाद्र ३० गते नुहाउने क्रममा उक्त नहरमा डुुबेर बेपत्ता भएको बताईएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणबाट उनको खोजी तथा उद्वारमा खटिएको सशस्त्र प्रहरीले उनको शव फेला पारेको हो ।