काठमाडौ । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मुल्य सामान्य बढेको छ।
सुनको मुल्य तोलामा १०० रुपैयाँले बढेको छ ।
योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार पनि सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार चाँदीको मुल्य तोलामा ४० रुपैयाँले बढेर १ हजार ४८० रुपैयाँ कायम भएको छ । बिहीबार पनि तोलामा ४० रुपैयाँले बढेर चाँदी १ हजार ४४० रुपैयाँमा कारोबार भएको थियो।
.jpg)


