मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एमाले सचिवालय बैठक बस्दै

एक्सप्रेस पाना
आषाढ ३०, २०८० शनिबार
  • 272
    SHARES
  • एमाले सचिवालय बैठक बस्दै

    काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । च्यासल, ललितपुरस्थित पार्टी मुख्यालयमा सो बैठक बस्न लागेको हो । 

    images

    अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने सो बैठकमा समसमायिक राजनीतिक विकासक्रमका बारेमा छलफल गर्ने तथा आन्तरिक संगठनका निमार्णका बारेमा समीक्षा गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

    सचिवालय बैठक बस्न अघि गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामुहिक रुपमा छलफल गरेका थिए ।

    images

    उपाध्यक्षहरूसँग पार्टीको गतिविधि तथा भईरहेका काम कारबाहीको बारेमा छलफल गरे पछि आज सचिवालय बैठक बोलाईएको हो ।

    बैठकले सांगठानिक संरचना, केन्द्रिय नेताहरुको कार्यबिभाजन तथा अन्य बिषयमा छलफल गर्नेछ ।