काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका कार्यवाहक अध्यक्ष कृष्ण बिश्वकर्माले सामाजिक संजाल फेसबुक मार्फत एकीकृत समाजवादीका पार्टी नेतृत्वलाई खबरदारीका साथ प्रश्नहरु उठाएका छन् ।
कावा अध्यक्ष विकले कम्युनिष्ट आन्दोलनको अकर्मण्यता तोड्न यस पटकको पार्टी सचिवालय वैठक सफलताको शुभकामना समेत दिएका छन् ।
नेता विकले हामी अलमल मै छौं,यि विषयको छिनोफानो वाट मात्र हाम्रो गति र औचित्य निर्धारण हुने भनी प्रश्नहरु गरेका छन् । हाम्रो समाजको वर्गचरित्र,नेपाली जनताको प्रधान अन्तरविरोध? समाजवादी कार्यदिशा,अवको कार्यभार? हाम्रो विद्रोहको औचित्य? सांगठनिक अवधारणा,संचालन विधी? मोर्चावन्दी की कम्युनिष्ट एकतामा जोड? दलालपुजिवादको नियन्त्रण र राष्ट्रिय पुँजीको विकासमा हाम्रो ठोस प्रस्ताव? विद्रोह देखि आजसम्मको कामको निर्मम समीक्षा,अव कसरी संगठन विस्तार गर्छौं, हामि संग जनता किन जोडिनेछन?
नेकपा ( एकीकृत समाजवादी ) को बैठक सोमबार सम्म स्थगित भएको छ । शनिबारको बैठकमा समाजवादी मोर्चाको बारेमा मोर्चालाई कसरी प्रभावकारी बनाएर लैजाने, यसको कार्यदिशा के हुने भन्ने बारेमा समेत छलफल भएको समाजवादीका एक नेताले बताएको छ ।
.jpg)


