सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट

एक्सप्रेस पाना
आषाढ ३१, २०८० आइतबार
  • 255
    SHARES
  • सुनको मूल्यमा गिरावट

    काठमाडौ । साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघकाअुनसार गत साताको शुक्रबारको तुलनामा आइतबार मूल्य घटेर सुन कारोबार भइरहेको हो ।

    गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ कायम थियो ।

    images

    यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम थियो । जुन, आइतबार तोलामा ३०० रुपैयाँको गिरावटपछि कारोबारमा आएको हो ।

    महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम छ । यस्तै, आज चाँदीको मूल्य भने स्थिर कायम छ  ।

    महासंघले गत साताको शुक्रबारको तुलनामा आज मूल्य स्थिर रहेको जनाएको हो । यससँगै, आइतबार चाँदीको मूल्य प्रतितोला १४ सय ८० रुपैयाँ कायम छ ।