सोमबार, कार्तिक १७ गते २०८३
images
images

नयाँ आर्थिक वर्षको पहिलो दिनमै ह्वात्तै बढ्यो सेयर बजार

एक्सप्रेस पाना
श्रावण १, २०८० सोमबार
  • 221
    SHARES
  • नयाँ आर्थिक वर्षको पहिलो दिनमै ह्वात्तै बढ्यो सेयर बजार

    काठमाडौ । नयाँ आर्थिक वर्षको पहिलो दिन सोमबार सेयर बजारमा उत्साह देखिएको छ ।

    images

    नेप्से सूचक ४७.०७ विन्दुले बढेर २१४४.१६ अंकमा आएको छ ।

    सूचकमा आकर्षक वृद्धिपछि नेप्सेले सजिलै २१ सय विन्दुलाई पार गर्न सफल भएको हो । 

    images

    ३ वटा कम्पनी सकारात्मक सर्किट तहमा कारोबार हुँदा २ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

    यो कारोबार रकम भने औसतमा हो । म्युचुअल फन्डबाहेक बाँकी सबै समूह बढेका छन् । विकास बैंक समूहमा सबैभन्दा बढी तेजी आएको छ । वाणिज्य बैंक समूह पनि बढेको छ ।

    यस दिन २५७ कम्पनीको ७६ लाख ३४ हजार कित्ता सेयर कारोबार भएको छ । १४ करोड ८६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अग्रस्थानमा रहेको छ ।

    यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः हिमालयन लाइफ इन्स्याेरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंक परेका छन् ।