काठमाडौँ । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको बजार भाउ तय गर्दै सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ कायम छ ।
सोमबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो ।
यस्तै, आज चाँदीको मूल्य स्थिर कायम छ । महासंघले आज हिजो सोमबारकै मूल्यमा चाँदीको कारोबार भइरहेको जानकारी दिएको छ ।
यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम छ । यससँगै, चाँदीको मूल्य लगातार चौथो दिनदेखि स्थिर बनेको छ ।
.jpg)


