काठमाडौं । साताको तेस्रो कारोबारको दिन आज (मंगलबार) नेप्से परिसूचक ९.९१ अंकले बढेको छ ।
यस दिन नेप्से ०.४६ प्रतिशतले बढेर २१५४.०७ बिन्दुमा बन्द भएको छ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
गत कारोबार दिन २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार २९ रुपैयाँ पुगेको छ ।
यस दिन २५५ वटा धितोपत्रको ८६ लाख ७६ हजार ४३८ कित्ता सेयर किनबेच भएको हो ।
मंगलबार बिपिडब्ल्यू लघुवित्तको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ। उक्त कम्पनीको सेयर मूल्य १ हजार ३५५ रुपैयाँ २० पैसा पुगेको छ ।
यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ५९२ रुपैयाँ २० पैसा पुगेको छ ।
सेयरमूल्य सर्वाधिक घट्नेमा सानिमा लार्ज क्याप फण्ड रहेको छ। उक्त योजनाको इकाइ मूल्य ५.१४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ७ रुपैयाँ ९३ पैसामा सीमित भएको छ ।
.jpg)


