सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्यले बनायो नयाँ रेकर्ड : तोलाको १ लाख १३ हजार १ सय

एक्सप्रेस पाना
श्रावण ३, २०८० बुधबार
  • 175
    SHARES
  • सुनको मूल्यले बनायो नयाँ रेकर्ड : तोलाको १ लाख १३ हजार १ सय

    काठमाडौ‌ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

    images

    बुधबार सुनको मूल्य प्रतितोला १ लाख १३ हजार १ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।​

    मंगलबार प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सयले बढेर १ लाख १३ हजार १ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

    images

    तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५ सय ५० रुपैयाँ निर्धारण भएको छ।

    चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ९० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँमा कारोबार भएको थियो।