सोमबार, कार्तिक १७ गते २०८३
images
images

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार?

एक्सप्रेस पाना
श्रावण ५, २०८० शुक्रबार
  • 266
    SHARES
  • घट्याे सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार?

    काठमाडौ । साताको अन्तिम दिन आज (शुक्रबार) नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

    images

    शुक्रबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। यो सँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार २५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बिहीबार सुनको भाउ तोलामा ५०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १३ हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १३ हजार ५० रुपैयाँमा किनबेच भएको थियो ।

    images

    यस्तै, शुक्रबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार ४८० रुपैयाँमा कायम भएको छ। बिहीबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।