सोमबार, कार्तिक १७ गते २०८३
images
images

ट्रक दुर्घटनाका मृतक चालकको पहिचान खुल्यो

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 429
    SHARES
  • ट्रक दुर्घटनाका मृतक चालकको पहिचान खुल्यो

    असोज १ तनहुँ । व्यास नगरपालिका–१ मुसेखोलास्थित बुल्दी खोलामा ट्रक खसेर मृत्यु भएका चालकको पहिचान खुलेको छ ।

    images

    दुर्घटनामा मृत्यु हुने पोखरा महानगरपालिका–१९ का २८ वर्षीय अर्जुन गौतम रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले बताए । गौतमको ट्रकले च्यापिएर घटनास्थलमै मृत्यु भएको हो । 

    डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ७ ख ९२३७ नम्बरको ट्रक शुक्रबार विहान साढे १२ बजे पृथ्वी राजमार्गबाट १० मिटर तल बुल्दी खोलामा खसरे दुर्घटना भएको थियो ।

    images

    ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय बालक राजकुमार विक घाइते छन् । उनको रत्नहरि अस्पताल दमौलीमा उपचार भइरहेको छ