काठमाडौं । शेयर बजारले मौद्रिक नीति २०८०/८१ लाई स्वागत गरेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेपछि आइतबार सेयर बजार ६३.२४ अंकले बढेर २२२७.१६ विन्दुमा उक्लिएको छ ।
आज २६६ कम्पनिको ७५ हजार ८६ वटा कारोबार हुदा १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयरको खरिदबिक्री भएको छ । त्यस्तै आज कुल ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आइतबार किसान लघुवित्त, चन्द्रागिरि हिल्स, लिवेर्टी इनर्जी, स्वरोजगार लघुवित्तसहितका कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने ग्लोबल आईएमई बैंकसहित कालिञ्चोक दर्शन, विशाल बजार कम्पनी, प्रभु बैंकको शेयर मुल्य बढेको छ ।
त्यस्तै आज एनआईबीए ग्रोथ फण्डको मूल्य नकारात्मक सर्किट लागेको छ भने नेपाल बैंक डिभेञ्चर, बीपीडब्लू लघुवित्तसहितका कम्पनीको शेयर मुल्यमा गिरावट आएको छ ।
आज कारोबारका हिसाबले सबैभन्दा बढी शिवम सिमेन्टको १४ करोड ८१ लाख रकम बराबरको कारोबार भएको छ भने ज्योति विकास बैंकको १३ करोड ७७ लाख बराबरको कारोबार भएको छ ।
.jpg)


