सोमबार, कार्तिक १७ गते २०८३
images
images

५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार घट्यो

एक्सप्रेस पाना
श्रावण ७, २०८० आइतबार
  • 261
    SHARES
  • ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार घट्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले अब ५० लाखसम्मको सेयर धितो कर्जामा कायम गर्नुपर्ने जोखिम भार अनुपात घटाउने भएको छ ।

    images

    गभर्नर महाप्रसाद अधिकारीले सीमाअन्तर्गतको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम हुने भएको छ ।

    गभर्नर अधिकारीले भने- 'बाँकी थ्रेसहोल्डमा होइन। ५० लाख माथिको कर्जामा होइन, नझुक्किनुहोला। आउनेवाला सर्कुलरले यसबारे स्पष्ट पार्नेछ ।'

    images

    राष्ट्र बैंकले यसअघि २५ लाख भन्दा कम सेयर धितो कर्जा लिँदा जोखिम भारको अनुपात १०० प्रतिशतमा झारेको थियो । तर त्यसमाथिको सीमाको हकमा भने सेयर धितो कर्जा दिए बापत १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था थियो । 

    जसलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले राष्ट्र बैंकले पुनरावलोकन गर्ने जनाएको हो । सोही अन्तर्गत अब ५० लाखसम्मको सेयर धितो कर्जा लिँदा बैंकहरुको लागत सस्तिने भएको छ । ५० लाखभन्दा माथिको कर्जामा भने विद्यमान व्यवस्था नै कायम रहेको छ । यस्तै, समग्र वित्तीय प्रणालीबाट १२ करोडसम्मको सेयर धितो कर्जा पाउने व्यवस्था पनि यथावत नै रहेको छ ।