सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद-बिक्री?

एक्सप्रेस पाना
श्रावण ८, २०८० सोमबार
  • 286
    SHARES
  • आज पनि घट्यो सुनको भाउ, कतिमा हुँदैछ खरिद-बिक्री?

    काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) पनि नेपाली बजारमा सुन-चाँदीको मूल्य घटेको छ। 

    images

    अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि घटेको छ। 

    आइतबार प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। 

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो।