सोमबार, कार्तिक १७ गते २०८३
images
images

११ महिनामा वाणिज्य बैंकहरुले कमाए ६७ अर्ब २३ करोड

एक्सप्रेस पाना
श्रावण ९, २०८० मंगलबार
  • 262
    SHARES
  • ११ महिनामा वाणिज्य बैंकहरुले कमाए ६७ अर्ब २३ करोड

    काठमाडौ । गत आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् ।

    images

    एक महिनाको अवधिमा बैंकहरुको नाफा बढेको छ ।

    वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नविलले ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । 

    images

    त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ ।