सोमबार, कार्तिक १७ गते २०८३
images
images

५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

एक्सप्रेस पाना
श्रावण १०, २०८० बुधबार
  • 349
    SHARES
  • ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

    काठमाडौँ । साताको चौथो दिन (बुधबार) आज नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

    images

    बुधबार सुनको मूल्य प्रतितोला पाँच सयले बढेर १ लाख १२ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने, प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    यता, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भइ १ हजार ४६५ रुपैयाँमा कारोबार भइरहेको छ ।