काठमाडौं । सरकारको नेतृत्व गरेको दल नेकपा माओवादी पदाधिकारी बैठकले केन्द्रीय समिति बैठकको तयारी थालेको छ ।
यही १७ साउनबाट सुरु हुन लागेको केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बुधबार पदाधिकारी बैठक बसेको हो ।
पार्टी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । पदाधिकारी बैठकमा भएका छलफलका विषयमा बुधबार अपरान्ह फेरि शीर्षनेताहरुको बैठक फेरि छलफल गर्ने उनले बताए ।
उनले भने- ‘अध्यक्ष कमरेडले इटाली भ्रमणमा जानु अगाडि आसन्न केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नुहोस् भन्नु भएको थियो । केन्द्रीय कमिटी बैठकलाई कसरी अगाडि बढाउने भन्ने विषयमा सबै कमरेडहरुले संक्षिप्तमा कुरा राख्नु भयो ।’
उनले पदाधिकारीमध्ये दुई उपाध्यक्ष र महासचिव बाँकी छ । अपराह्न ४ बजे फेरि बैठक बस्ने बताए ।
.jpg)


