सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य फेरि रेकर्ड नजिक, आज कतिमा हुँदैछ कारोबार?

एक्सप्रेस पाना
श्रावण ११, २०८० बिहीबार
  • 295
    SHARES
  • सुनको मूल्य फेरि रेकर्ड नजिक, आज कतिमा हुँदैछ कारोबार?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर फेरि ऐतिहासिक रेकर्ड नजिक पुगेको छ ।

    images

    मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ ।

    यसअघि साउन ४ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो ।

    images

    उक्त दिन सुन प्रतितोला एक लाख १३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

    आज सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा एक सय रुपैयाँ मात्र कम हो ।

    अघिल्लो दिन अर्थात् बुधबार तोलामा पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला आठ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

    बुधबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार सात सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदी प्रतितोला १४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो । 

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो ।