सोमबार, कार्तिक १७ गते २०८३
images
images

चार दिनदेखि बेपत्ता भएका ८६ वर्षीय एक वृद्ध फेला

एक्सप्रेस पाना
आश्विन १, २०७८ शुक्रबार
  • 445
    SHARES
  • चार दिनदेखि बेपत्ता भएका ८६ वर्षीय एक वृद्ध फेला


    असोज १ खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा फुलेलीका ज्येष्ठ नागिरक चार दिनपछि फेला परेका छन् । गत भदौ २९ देखि परिवारबाट सम्पर्कविहीन बनेका साविकको बुईपा–४ का ८६ वर्षका आशिकराम राई शुक्रबार फेला परेका हुन् ।

    images

    अलजाइमर रोगका कारण स्मरणशक्ति गुमाएर आफ्नो घर परिवारको सदस्यसमेत नचिन्ने अवस्थाका बुईपाकै पञ्चरदोबाटोमा फेला परेका आफन्तले बताएका छन् ।

    स्मरण शक्ति कमजोर भएका वृद्ध राईले यदाकदा साइँला छोरा परशुरामको नाम लिने र कहिलेकहीँ आफूलाई दिनवालीको सन्तान भएको बताउने गरेका छन् । 
     

    images