सोमबार, कार्तिक १७ गते २०८३
images
images

प्रतितोला नौ सय रुपैयाँ घट्याे सुनको भाउ, चाँदीको भाउ पनि घट्यो

एक्सप्रेस पाना
श्रावण १२, २०८० शुक्रबार
  • 295
    SHARES
  • प्रतितोला नौ सय रुपैयाँ घट्याे सुनको भाउ, चाँदीको भाउ पनि घट्यो

    काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

    images

    अघिल्लो दिन बिहीबार प्रतितोला आठ सय रुपैयाँ बढेर रेकर्ड नजिक पुगेको सुनको मूल्य यस दिन प्रतितोला नौ सय रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।

    images

    बिहीबार छापावाल सुन प्रतितोला एक लाख १३ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला १४ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४० रुपैयाँ घटेको हो।