सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो सुनचाँदीको मूल्य

एक्सप्रेस पाना
श्रावण १४, २०८० आइतबार
  • 355
    SHARES
  • बढ्यो सुनचाँदीको मूल्य

    काठमाडौँ । साताको पहिलो दिन आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । 

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आइतबार सुनको मुल्य प्रतितोला ३ सय रुपैयाँले बढेको हो । 

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार बढेर १ लाख १२ हजार ९ सय रुपैयाँ पुगेको हो ।त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँ पुगेको छ । यसअघि यो सुनको मूल्य १ लाख १२ हजार ५० रुपैयाँ थियो । 

    images

    यता, चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ४ सय ५५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यसअघि चाँदीको भाउ १ हजार ४ सय ५० रुपैयाँ थियो ।