मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

एक्सप्रेस पाना
श्रावण १५, २०८० सोमबार
  • 298
    SHARES
  • प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

    काठमाडौँ । आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

    images

    संसद सचिवालयका अनुसार आजको बैठक अनुसार सूचना टाँसेर बैठक स्थगित भएको हो । अब अर्को बैठक मंगलबार अपराहन्न १ बजेका लागि बोलाइएको छ ।  

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिनको माग राख्दै अवरोध गरेको संसद खुलाउन तयार नभएपछि आजको बैठक स्थगित भएको बुझिएको छ ।

    images

    आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच संसद खुलाउने विषयमा छलफल भएपनि सहमति हुन सकेको थिएन ।