मंगलबार, कार्तिक १८ गते २०८३
images
images

सदनको अवरोध हटाउन सभामुख घिमिरे र गृहमन्त्री श्रेष्ठबीच छलफल

एक्सप्रेस पाना
श्रावण १५, २०८० सोमबार
  • 320
    SHARES
  • सदनको अवरोध हटाउन सभामुख घिमिरे र गृहमन्त्री श्रेष्ठबीच छलफल

                                         सदनको अवरोध हटाउन सभामुख घिमिरे र गृहमन्त्री श्रेष्ठबीच छलफल
    काठमाडौं । सभामुख देवराज घिमिरे सदनको अवरोध हटाउन छलफलमा जुटेका छन् ।

    images

    एक सय किलो सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल एमालेले सदन अवरुद्ध गर्दै आएको छ । एमालेले सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरेको हो । 

    सोमबार १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक एमालेले सदन अवरुछ गर्ने भएपछि सुरु हुन नसकेको अवस्थामा सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् । 

    images

    यसअघि सभामुख घिमिरेले दलहरूका प्रमुख सचेतक तहमा छलफल गरे पनि सहमति जुटेन ।