मंगलबार, कार्तिक १८ गते २०८३
images
images

पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाले माग्यने ३५ दिन

एक्सप्रेस पाना
श्रावण १५, २०८० सोमबार
  • 215
    SHARES
  • पार्टी कार्यालय सार्न महानगरसँग राप्रपाले माग्यने ३५ दिन

    काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यालय सार्न काठमाडौं महानगरपालिकासँग ३५ दिनको समय माग गरेको छ। 

    images

    महानगरलाई पत्र लेखेर कार्यालय सार्न राप्रपाले ३५ दिन माग गरेको हो।

    बिजुलीको हाइटेन्सन लाइन मुनी रहेको पार्टी कार्यालय महानगरले हटाउने तयारी गरेपछि राप्रपाले समय मागेको महानगरले जनाएको छ।

    images

    महानगरले शुक्रबार राप्रपाको पार्टी कार्यालय सार्न तीन दिनको समयावधि दिँदै सूचना जारी गरेको थियो।

    सूचनालाई राप्रपाले अटेर गरेको भन्दै महानगर प्रहरीले सोमबार डोजर लिएर हाँडीगाउँसम्म पुगेकोमा राप्रपाका कार्यकर्ताले सडकमा गाडी तेर्साएर डोजर जान अवरोध सिर्जना गरेका थिए। यहीबीच राप्रपाले समय माग गरेको हो।