मंगलबार, कार्तिक १८ गते २०८३
images
images

संसद अवरोध हटाउन १२ बजे कार्यव्यवस्था समितिको बैठक बस्दै

एक्सप्रेस पाना
श्रावण १६, २०८० मंगलबार
  • 290
    SHARES
  • संसद अवरोध हटाउन १२ बजे कार्यव्यवस्था समितिको बैठक बस्दै

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको जारी अवरोध हटाउन मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

    images

    संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी एमालेले जारी राखेको संसद अवरोध हटाउने विषयमा छलफल गर्न लागेका हुन् । 

    सभामुख घिमिरेले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका थिए । ‘सभामुखज्यूले निरन्तर सदन अवरुद्ध हुँदा जनताको आवाज अबरुद्ध हुने भन्दै गम्भीर हुन प्रधानमन्त्री र विपक्षी दलका नेताको ध्यानाकर्षण गराउनुभयो,’ सभामुखलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार शेखर अधिकारीले भने,‘सूचना टाँसेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्नेतर्फ समेत स्मरण गराउनुभयो ।’

    images

    सभामुखले सोमबार पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकहरुसँग समेत पटक पटक छलफल गरेका थिए ।