मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

एक्सप्रेस पाना
श्रावण १६, २०८० मंगलबार
  • 292
    SHARES
  • प्रतिनिधिसभाको बैठक एक साताका लागि स्थगित

    काठमाडौँ । आजको प्रतिनिधिसभाको बैठक पनि स्थगित भएको छ ।

    images

    संघीय संसद सचिवालयले आज १ बजेका लागि तोकिएको बैठक साउन २२ गते १ बजेसम्मका लागि स्थगित भएको जानकारी दिएको हो ।

    नेकपा एमालेले सुन तस्करी प्रकरणमा छानबिनको माग गर्दै संसद अवरोध कायम राखेकाले संसद बैठक नबसेको हो । आज  बसेको कार्यव्यवस्था समितिको बैठकमा एमालेले आफ्नो अडान कायम राखेको थियो । कार्यव्यवस्था समितिको बैठकमा एमालेले आफ्ना कुरा सदनमा राख्ने र बैठक संचालन गर्ने सहमति बनेको थियो ।

    images

    साथै सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरुसँग पनि छुट्टै छलफल गरेका थिए । सो छलफलपछि पनि निष्कर्षमा पुग्न नसकेपछि बैठक एक साताका लागि स्थगित भएको छ ।