सोमबार, कार्तिक १७ गते २०८३
images
images

साढे ८ रुपैयाँ बढेर आयो पेट्रोलको भाउ, ग्यासको भाउ प्रतिसिलिन्डर १०० रुपैयाँ घट्यो

एक्सप्रेस पाना
श्रावण १६, २०८० मंगलबार
  • 355
    SHARES
  • साढे ८ रुपैयाँ बढेर आयो पेट्रोलको भाउ,  ग्यासको भाउ प्रतिसिलिन्डर १०० रुपैयाँ घट्यो

    भारतीय आयल निगम (आइओसी) ले पठाएको नयाँ मूल्य सूचीमा पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ। 

    images

    नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर साढे आठ रूपैयाँ र डिजेलमा सात रूपैयाँ बढेर आएको छ। ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँ घटेको छ।

    त्यस्तै, मट्टितेलमा प्रतिलिटर साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ ५० पैसा मूल्य बढेर आएको छ। 

    images

    नेपाल आयल निगमका अनुसार यो मूल्य अभिवृद्धि कर नजोडिएको दर हो। मूल्य बढ्दा कर बापतको रकम बढ्ने र घट्दा घट्ने भएकोले पेट्रोलियम पदार्थको मूल्य थप केही बढ्नेछ। 

    त्यसबाहेक निगमले गत आर्थिक वर्षदेखि स्वचालित बिक्री मूल्य प्रणाली लागू गरेको छ। यही कारण अब पेट्रोलियमको मूल्य बढ्ने भएको छ। 

    गत आर्थिक वर्ष असार ३१ गतेदेखि परल मूल्यमा डिजेल २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत राखेर स्वचालित बिक्री प्रणाली लागू गरेको छ। 

    यही कारण पेट्रोलको मूल्य प्रतिलिटर ९ देखि १० रुपैयाँसम्मले बढ्ने र ग्यासमा भने प्रतिसिलिन्डर १०० रुपैयाँले घट्ने सम्भावना छ।