मंगलबार, कार्तिक १८ गते २०८३
images
images

कोशीमा गठबन्धनबाट सरकार निर्माणको दाबि पेश

एक्सप्रेस पाना
श्रावण १६, २०८० मंगलबार
  • 289
    SHARES
  • कोशीमा गठबन्धनबाट सरकार निर्माणको दाबि पेश

    विराटनगर । कोशी प्रदेशमा गठबन्धनले काँग्रेस नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउन दावी पेश गरेको छ ।

    images

    सर्वोच्च अदालतले यसअघि गठन गरेको नेपाली कांग्रेसको सरकारलाई अबैधानिक करार गरिदिए पछि पुनः आब्हान भए अनुसार आज ५ बजेसम्म दिएको समय भित्र सरकार गठनको दाबि पेश भएको हो ।

    सत्तारुढ गठबन्धनले माओवादी केन्द्रबाट सभामुख रहेका बाबुराम गौतमको राजीनामा गराएर सरकार गठनको दाबि पेश गरेको छ ।  

    images

    कोशी प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनसँग सभामुखले राजीनामा दिएपछि बहुमतको लागि आवश्यक ४७ सांसद पुर्याएको छ । सत्तारुढ इत्तर रहेका नेकपा एमालेसँग ४० तथा राप्रपासँग ६ जना सांसद रहेका छन् ।