सोमबार, कार्तिक १७ गते २०८३
images
images

बढ्यो नेप्से, १ अर्ब ७८ कराेड रुपैयाँकाे काराेबार

एक्सप्रेस पाना
श्रावण १८, २०८० बिहीबार
  • 404
    SHARES
  • बढ्यो नेप्से, १ अर्ब ७८ कराेड रुपैयाँकाे काराेबार

    काठमाडौं । काराेबार हुने हप्ताको अन्तिम दिन शेयर बजार सामान्य अङ्कले बढेको छ ।

    images

    शेयर बजार परिसूचक नेप्से आज बिहीवार तीन अङ्कले बढेर दुई हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ ।

    आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ । भने अरू समूहको शेयर सामान्य बढेको छ । आज सबैभन्दा धेरै सपोर्ट लघुवित्त र एनआईबीएल ग्रोथ फन्डको शेयर १० प्रतिशतले बढेको छ । प्रोग्रेसिभ फाइनान्सको शेयर भने पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

    images

    आज दुई सय ६२ वटा कम्पनीका ५१ लाख ३० हजार कित्ता शेयर किनबेच भएका छन् । ४० हजार सात सय पटक भएका कारोबारबाट एक अर्ब ७८ करोड १९ लाख रुपैयाँको शेयर खरिद बिक्री भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको नौ करोड २३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।