सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आजको कारोबार?

एक्सप्रेस पाना
श्रावण १९, २०८० शुक्रबार
  • 286
    SHARES
  • सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ आजको कारोबार?

    काठमाडौ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ। 

    images

    शुक्रबार सुन–चाँदीको भाउ कुनै फेरबदल भएको छैन। शुक्रबार प्रतितोला छापावाल सुन १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार पनि प्रतितोला छापावाल सुन  १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो। यो दिन सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको थियो। 

    images

    शुक्रबार चाँदी तोलाको १ हजार ४२५ रुपैयाँ कायम भएको छ। बिहीबार पनि तोलाको १ हजार ४२५ रुपैयाँमै चाँदी कारोबार भएको थियो। यो दिन चाँदीको भाउ तोलामा ३५ रुपैयाँले घटेको थियो।