मंगलबार, कार्तिक १८ गते २०८३
images
images

माओवादी नेताहरुको जिम्मेवारी हेरफेर

एक्सप्रेस पाना
श्रावण २१, २०८० आइतबार
  • 313
    SHARES
  • माओवादी नेताहरुको जिम्मेवारी हेरफेर

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विस्तार तथा शुद्धीकरणका लागि सात वटा प्रदेशका सात वडामा जाने जिम्मेवारी लिएका छन् ।

    images

    यस्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सातै प्रदेशका सात वडामा जाने भएका छन् ।

    काठमाडौंमा जारी माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकलाई जवाफ दिँदै अध्यक्ष प्रचण्डले आफूहरू सरकारमा भए पार्टी कामका लागि वडा तहमा जाने निर्णय गरेको बताए ।

    images

    यसका साथै माओवादी केन्द्रले केन्द्रीय नेताहरुको विभागीय जिम्मेवारीमा पनि फेरबदल गर्ने निर्णय गरेको छ । 

    जसअनुसार नेता अग्निप्रसाद सापकोटाले पार्टी उपाध्यक्षको जिम्मेवारी पाएका छन् भने नेता अग्निप्रसाद सापकोटाले पार्टी उपाध्यक्षाको जिम्मेवारी दिइएको छ । 

    त्यस्तै उपमहासचिव वर्षमान पुनले विशेष प्रदेशको जिम्मेवारी पाएका छन्  भने अर्का उपमहासचिव जनार्दन शर्माले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी पाएका छन् ।  

    त्यसैगरी देवेन्द्र पौडेललाई मधेस प्रदेशको जिम्मेवारी दिइएको छ भने कर्णालीमा चन्द्रप्रकाश खनाल र सुदुरपश्चिममा डिलाराम आचार्यले इन्चार्जको जिम्मेवारी पाएका छन् ।