सोमबार, कार्तिक १७ गते २०८३
images
images

सोमबार घट्यो सुनको मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री?

एक्सप्रेस पाना
श्रावण २२, २०८० सोमबार
  • 312
    SHARES
  • सोमबार घट्यो सुनको  मूल्य, कतिमा हुँदैछ खरिद-बिक्री?

    सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ। 

    images

    अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला एक सय रुपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

    images

    आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो।  

    त्यसैगरी, सोमबार पनि चाँदीको मूल्य स्थिर रहेको छ। चाँदी लगातार तीन दिनदेखि स्थिर रहेको छ।

    शुक्रबारदेखि प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।

    आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।