सोमबार, कार्तिक १७ गते २०८३
images
images

नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

एक्सप्रेस पाना
आश्विन २, २०७८ शनिबार
  • 495
    SHARES
  • नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

    असोज २ जलेश्वर। औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शंकर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।

    images

    गए राति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट रु.१००० हजारका २२ थान, रु.५०० को तीन थान, रु.१०० को २७ थान र रु.५० को छ थान रु.२० को आठ थान, रु.१० को ११ थान, रु.५ को छ थान र. भारु १००को तीन थान नोट बरामद गरेको थियो । परेका दुवै जनालाई अनुसन्धानका लागि आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याइएको छ ।