सोमबार, कार्तिक १७ गते २०८३
images
images

आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

एक्सप्रेस पाना
श्रावण २६, २०८० शुक्रबार
  • 237
    SHARES
  • आइतबार १० अर्बको विकास ऋणपत्र बिक्री गरिँदै

    काठमाडौँ । आइतबार आठ वर्ष अवधिको रू १० अर्ब बराबरको विकास ऋणपत्र–२०८८ बोलकबोल माध्यमबाट बिक्री हुने भएको छ ।

    images

    सरकारकोतर्फबाट नेपाल राष्ट्र बैंकले विकास ऋणपत्रमार्फत ऋण उठाइदिन लागेको हो । विकास ऋणपत्र साउन २८ गते आइतबार अपराह्न ३ बजेसम्म बोलकबोल हुनेछ भने साउने २९ गते निष्काशन हुनेछ ।

    यो विकास ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा सर्वसाधारण व्यक्तिले पनि खरिद गर्न सक्नेछन् ।

    images

    यो ऋणपत्र धितो राखी कर्जासमेत लिन पाइने राष्ट्र बैंकले जनाएको छ । विसं २०८८ साउन २९ गते साँवा भुक्तानी हुने यो ऋणपत्रको ब्याज अर्धवार्षिकरुपमा भुक्तानी हुनेछ । आर्जित ब्याजमा ब्याजकर लाग्नेछ ।

    प्रतिस्पर्धी र अप्रतिस्पर्धी बोलवालालाई क्रमशः निष्काशित रकमको ८५ र १५ प्रतिशत अर्थात् आठ अर्ब ५० करोड र एक अर्ब ५० करोड छुट्याइएको छ ।

    अप्रतिस्पर्धी बोलवालालाई छुट्याइएको रकमका लागि पूरा बोल प्राप्त नभएमा बाँकी हुन आउने रकम प्रतिस्पर्धी बोलवालालाई बिक्री गरिने राष्ट्र बैंकले जनाएको छ ।

    बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी बाँडफाँट गरिने रकमसम्ममा कायम भएको ब्याजदरको सीमालाई एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालालाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइनेछ ।

    घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमा नबढाइ ५० हजारले भाग लिँदा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाइनेछ । यो ऋणपत्रको दोस्रो बजार कारोकार नेपाल स्टक एक्सचेञ्जबाट हुनेछ ।

    बम
    बम