सोमबार, कार्तिक १७ गते २०८३
images
images

जुवाखालबाट लाखौं नगदसहित २० जना पक्राउ

एक्सप्रेस पाना
आश्विन २, २०७८ शनिबार
  • 276
    SHARES
  • जुवाखालबाट लाखौं नगदसहित २० जना पक्राउ

    असोज २ काठमाडौं । काठमाडौंको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ ।

    images

    जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।

    images

    उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १०० कौडासमेत बरामद गरिएको छ ।