मंगलबार, कार्तिक १८ गते २०८३
images
images

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

एक्सप्रेस पाना
श्रावण २७, २०८० शनिबार
  • 317
    SHARES
  • ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ : पूर्वप्रधानमन्त्री डा. भट्टराई

    सुर्खेत । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन् । 

    images

    पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत पुगेका डा भट्टराईले छानबिनका लागि गठन गरिने आयोगमा कार्यकारीको छायाँसमेत पर्न नहुने बताए । चर्चामा रहेका सुन काण्ड, नक्कली भुटानी शरणार्थी प्रकरण मात्र नभई पञ्चायतकालदेखिका प्रकरणको आयोगले निष्पक्षरुपमा छानबिन गर्नुपर्नेमा उनले जोड दिए ।

    “घोटलाको निष्पक्ष छानबिन गर्न कार्यकारीको छायाँ नपर्ने गरी आयोग गठन गर्नुपर्छ”, डा भट्टराईले सुझाव दिए । ललिता निवास प्रकरणमा आफूले गलत नगरेको उल्लेख गर्दै उनले छानबिनका क्रममा आफू दोषी देखिए सजाय भोग्न तयार रहेको बताए ।  

    images