असोज २ काठमाडौं । मलेसियाबाट एकै दिन ६ जनाको शव नेपाल ल्याइएको छ । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेर विभिन्न कारणले मृत्यु भएका ६ नेपालीको शव तथा १५ जनाको अस्तु शनिबार नेपाल ल्याइएको हो ।
नेपाल सरकार र मलेसियामा रहेको जनउद्दार केन्द्रको पहलमा मृतकको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको हो ।
कानूनी र प्रक्रियागत झन्झटले गर्दा विदेशमा मुत्यु भएका व्यक्तिको शव ल्याउन समस्या परेको छ । सरकारले मृतकका आफन्तको घरसम्म शव बाहनमा शव पुर्याउने गरेको छ ।
.jpg)


