मंगलबार, कार्तिक १८ गते २०८३
images
images

जनमत दोस्रो पटक सरकारमा सहभागी हुदैँ

एक्सप्रेस पाना
श्रावण २९, २०८० सोमबार
  • 253
    SHARES
  • जनमत दोस्रो पटक सरकारमा सहभागी हुदैँ

    काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टी पुनः सरकारमा सहभागी हुने भएको छ । 

    images

    जसअनुसार जनमत पार्टीबाट मन्त्री सिफारिस भएकी अनितादेवी साहले आज पद तथा गोपनियताको शपथ लिने भएकी छिन् ।

    शितल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहान १०:०० बजे उनले पद तथा गोपनियताको सपथ लिने जनाईएको छ ।  

    images

    सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई  फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त हुन लागेकी हुन ।

    हिजो बसेको माओवादीको पदाधिकारी बैठकले सामान्य प्रशासन मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरे पछि नबनियुक्त मन्त्री साहलाई प्रधानमन्त्री दाहालले सोही मन्त्रालयको जिम्मेवारी दिनेछन कि अर्को ? भन्ने अझै निर्क्यौल भने हुन सकेको छैन ।