आइतबार, भाद्र २८ गते २०८३
images

भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन–२ को विजेता

एक्सप्रेस पाना
आश्विन २, २०७८ शनिबार
  • 393
    SHARES
  • भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन–२ को विजेता

    असोज २ काठमाडौं । भरतमणि पौडेल कमेडी च्याम्पियन सिजन–२ को विजेता बन्न सफल भएका छन् ।

    images

    शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे । 

    यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । 

    images

    भरतमणिले पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो । सोही प्रस्तुतिका करण भरतमणि  ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए ।  भरतमणि ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने सिक्किमबाट सहभागी भएका थिए ।