सोमबार, कार्तिक १७ गते २०८३
images
images

आज सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

एक्सप्रेस पाना
श्रावण ३०, २०८० मंगलबार
  • 256
    SHARES
  • आज सुनको मूल्य स्थिर, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौ । साताको तेस्रो दिन आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । 

    images

    मंगलबार सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा किनबेच भएको थियो। 

    images

    मंगलबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँ कायम भएको छ। सोमबार भाउ स्थिर रहँदै चाँदी १ हजार ३७५ रुपैयाँमा कारोबार भएको थियो।