मंगलबार, कार्तिक १८ गते २०८३
images
images

एक साताका लागि सर्‍यो राष्ट्रियसभा बैठक

एक्सप्रेस पाना
श्रावण ३०, २०८० मंगलबार
  • 316
    SHARES
  • एक साताका लागि सर्‍यो राष्ट्रियसभा बैठक

    काठमाडौं । बुधबारका लागि बोलाइएको राष्ट्रियसभा बैठक सरेको छ ।

    images

    बुधबार दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक ५ भदौ मंगलबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी सारिएको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

    ‘राष्ट्रियसभाको बैठक उक्त दिन र समयमा नराख सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलले आग्रह गरेकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल भदौ ५ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा उल्लेख छ । 

    images

    सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग राखेर प्रमुख प्रतिपक्षी एमालेले सदन अवरुद्ध गर्दै आएको छ ।