मंगलबार, कार्तिक १८ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्डसँग बालेनको भेटवार्ता, के भयो कुराकानी?

एक्सप्रेस पाना
श्रावण ३०, २०८० मंगलबार
  • 389
    SHARES
  • प्रधानमन्त्री प्रचण्डसँग बालेनको भेटवार्ता, के भयो कुराकानी?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र शाह (बालेन) ले भेट गरेका छन् ।

    images

    बालेनले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुगेर प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् ।

    छलफलमा काठमाडौंको तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या र सुकुम्बासी बस्ती व्यवस्थापनबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै भेटमा तीनकुने-जडीबुटी अन्डरपासबारे पनि छलफल भएको थियो ।

    images

    बालेनले यसअघि थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन खोज्दा गृह मन्त्रालयबाट सहयोग नपाएको गुनासो गरेका थिए ।

    छलफलमा तीनकुने अधिग्रहित जग्गा नेपाल सरकारको नाममा आइसकेको परिस्थितिमिा पनि मुआब्जा र समस्या समाधान हुन बाँकी रहेकाले त्यसको दीर्घकालीन समस्या कसरी गर्ने एवं तीनकुने जडीबुटी अन्डरपासको काम कसरी प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । छलफलमा काठमाडौँ उपत्यकाको सुकुम्बासी समस्याका समाधानका लागि भएका प्रयासहरू र त्यसलाई निष्कर्षमा पुर्याउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने विभिन्न बिकल्पबारे छलफल भएको थियो ।

    छलफलमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरूङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साह, मुख्यसचिव डा. बैकुण्ठ अर्याल र विभागीय मन्त्रालयका सचिव पनि उपस्थित थिए ।