सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनचाँदीको मूल्य घट्यो

एक्सप्रेस पाना
श्रावण ३१, २०८० बुधबार
  • 293
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौ । साताको चौथो दिन आज (बुधबार) नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य घटेको छ । 

    images

    अघिल्लो दिन अर्थात् मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    images

    मंगलबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार सात सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला १ हजार तीन सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो