सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मूल्य घट्याे

एक्सप्रेस पाना
श्रावण ३२, २०८० बिहीबार
  • 262
    SHARES
  • सुनको मूल्य घट्याे

    काठमाडौ । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ घटेको छ ।

    images

    सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छापावाल सुन  १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन  १ लाख ११ हजार २०० रुपैयाँ र तेजाबी सुन  १ लाख १० हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

    images

    शुक्रबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँ कायम भएको छ। बुधबार तोलामा ५ रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा किनबेच भएको थियो।