आइतबार, कार्तिक १६ गते २०८३
images
images

सडकमा प्लेन खस्दा मलेसियामा सांसदसहित १० को मृत्यु

एक्सप्रेस पाना
भाद्र १, २०८० शुक्रबार
  • 422
    SHARES
  • सडकमा प्लेन खस्दा मलेसियामा सांसदसहित १० को मृत्यु

    क्वालालम्पुर । मलेसियाको सेलाङ्गोरमा एउटा विमान सडक दुर्घटनामा परेको छ। यस दुर्घटनामा परी हालसम्म कुल दश जनाको मृत्यु भएको छ। 

    images

    सडकमा भएको विमान दुर्घटनाका तस्बिर र भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्, जुन निकै डरलाग्दो छन्।

    मलेसियाको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त दुर्घटनामा विमानमा ८ जनाको मृत्यु भएको र विमानको ठक्करबाट कार चालक र मोटरसाइकल चालकसहित २ जनाको मृत्यु भएको हो। 

    images

    प्राधिकरणका अनुसार दुई चालक दलका सदस्य र ६ जना यात्रु बोकेको एउटा सानो विमान मलेसियाको सेलान्गोर राज्यको सुल्तान अब्दुल अजिज शाह विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। जानकारी अनुसार विमान सडकमा रहेको एउटा कारसँग ठोक्किएको हो।

    प्राधिकरणका प्रमुख नोर्जमान महमुदले विमान लङ्कावीको उत्तरी रिसोर्ट टापुबाट उडेको र राजधानी क्वालालम्पुरको पश्चिममा रहेको सुल्तान अब्दुल अजिज शाह विमानस्थलतर्फ आउदै गरेको थियो।

    द गार्डियनका अनुसार दुर्घटनाग्रस्त विमान जेट भ्यालेटले सञ्चालन गरेको थियो। यससँगै दुर्घटनामा मृत्यु हुनेमा पहाङका एक प्रदेश सभाका सांसद  र एक उड्डयन कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका छन्।