सोमबार, कार्तिक १७ गते २०८३
images
images

सुनको मुल्य स्थिर

एक्सप्रेस पाना
भाद्र १, २०८० शुक्रबार
  • 265
    SHARES
  • सुनको मुल्य स्थिर

    काठमाडौ । साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ स्थिर रहेको छ।

    images

    सुनको भाउमा कुनै फेरबदल भएको छैन। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    बिहीबार सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ८५० रुपैयाँमा किनबेच भएको थियो।

    images

    शुक्रबार चाँदीको भाउ भने तोलामा २० रुपैयाँले बढेर १ हजार ३९० रुपैयाँ कायम भएको छ। बिहीबार तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो।