काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा दुईजनालाई मनोनीत गरेको छ।
माओवादीले ओखलढुंगाका बाबुुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको हो।
गत साउन १७/२१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महिलाको प्रतिनिधित्व पुर्याउन २२ जना थप गरेको थियो।
दुईजना थप गरिएसँगै माओवादीको केन्द्रीय समिति ४०९ सदस्यीय बनेको छ।
.jpg)


